मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो दिउँसो सँवा १२ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका मोरङको लेटाङ नगरपालिका-९ का रोशन दर्जी र ३१ बर्षीय सुदन परियारलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर चेकँजाच गर्दा निजहरुको साथबाट ७ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको थियो।

पक्राउ परेका दुबैजना उपर इलाका प्रहरी कार्यालय रानीबाट कानूनी प्रकृया भईरहेको छ।