खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी-११ का २२ बर्षीय बिकास राई, २० बर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन। यही बैशाख १ गते राती ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनिहरुले शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए। छुरा प्रहारबाट घाईते राईको घटना स्थलमा नै मृत्यु भएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी-१० स्थितमा लुकी छिपी बसेको अवस्थमा पक्राउ गरेको हो।

हत्या आरोपमा पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ।