सुनसरीको धरानमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा धरान-१८ स्थित खोल्सीमा भेटिएको किशोरीको शवको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृतक करिब २१ बर्षकी धरान-१६ निवासी सुमना श्रेष्ठ हुन्। उनको हत्यामा संलग्न व्यक्तिको पहिचान पनि खुलिसकेकोले पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईका अनुसार हत्यामा संलग्न व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ। घटनामा एक भन्दा बढी संलग्न छन्, उनीहरुको खोजीको लागि अन्य जिल्लामा पनि प्रहरी परिचालन भइसकेको उनले बताएका छन्।