नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक युवक मृत फेला परेका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका-९ ढोकापुलस्थित सप्तकोसीको चतरा-खनार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका १८ वर्षीय अम्बिराज राई मृत भेटिएका हुन्। मृतक राई भोजपुर घर भइ हाल इटहरी-८ मा कोठाभाडामा बस्दै थिए ।
नहरमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि सशस्त्र नेपाल सुरक्षा बेश दुहबीबाट खटिएको सशस्त्र प्रहरी र बराह बाहिनी मुख्यालय सुनसरीमा रहेको गोताखोर सहितको प्रादेशिक बिपद् व्यवस्थापन टिमले खोजी गरेको थियो।
गोताखोर टोलीले खोजी गर्ने क्रममा बेपत्ता भएका राईलाई मृत फेला पारेको थियो। मृत भेटिएसँगै शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।