धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको छ भने अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो।
धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा बिहान साढे १० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा ७ जनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ।
जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनास्थलको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।