उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट जिप खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ। शवको पहिचान र गाडि नम्बर भने खुलेको छैन।

घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार ७ जनालाई उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। गाडिमा जम्मा १४ जना यात्रु रहेका थिए।