कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राइले हरेका क्षेत्रमा समावेशी विनाको संघियताको औचित्य नभएको धारणा राखेका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको महिला विभागले विराटनगरमा आयोजना गरेको पत्रकार महिलाहरुको क्षमता विकास कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै मंन्त्री र्राईले सबै क्षेत्रमा महिलाहरुको नेतृत्व र प्रतिनिधित्व गराउन कानुनी व्यवस्था गर्नुपर्ने बताउदै अहिले व्यवस्था नै ढाल्ने गरी भाष्य निर्माण गर्नुभन्दा व्यवस्थालाई सुधार गर्दै सुदृढ बनाउनुपर्ने बताए। उनले व्यवसायिक पत्रकारिताबाट मात्र संघियता कार्यान्वयन गर्न सकिने भएकाले व्यवसायिक पत्रकारिता गर्न आग्रह गरे ।
शमशेर र्राई, आन्तरिक मामिला तथा कानुन मन्त्री, कोशी प्रदेश ।
सो कार्यक्रमका सहभागिहरुले महिला पत्रकारहरुलाई आर्थिक र सामाजिक कारणले पत्रकारिता क्षेत्रमा टिकिरहन समस्या भएकाले राज्यले संरक्षणको दायित्व लिनुपर्ने विचार राखेका थिए । उनहिरुले अहिले पत्रकारिता क्षेत्र नै जोखिममा परेको बेला महिलाहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।
सो कार्यशालामा महिला पत्रकारहरुको स्थिति, पारिश्रमिक र सुविधामा विभेद, कार्यस्थलमा शोषण लगायतका विषयमा पत्रकार महासंघकी सल्लाकार निर्मला शर्मा र केन्द्रिय उपाध्यक्ष वाला अधिकारीले छलफल गराएका थिए। सो कार्यशालामा कोशी प्रदेशका १४ जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो। सो कार्यक्रममापत्रकारिता क्षेत्रमा विशेष योगदान गर्ने वरिष्ठ महिला पत्रकारहरुलाई कदरपत्र र दोसल्ला आडाएर सम्मान गरिएको थियो ।