बाँके जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो। आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सहायक वन अधिकृत पार्धेलाई नियन्त्रणमा लिएको हो।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको ठहर गर्दै जरिवाना र सजाय मागदाबी लिइ मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ।