अष्ट्रेलियामा एक बेलायती युवकको मृत्यु भएको छ। मगनीको खुसीयाली मनाइरहेको बेलामा लडेपछि उनको मृत्यु भएको हो। २९ वर्षका लियाम ट्रिमर प्रहरी अधिकारी बन्नका लागि अष्ट्रेलिया आएका थिए।
आइतबार पश्चिम अष्ट्रेलियास्थित घरमा सो दुर्घटना भएको बताइएको छ। लडेर घाँटीको क्यारोटिड धमनी काटिएको थियो। यो धमनी मस्तिष्कमा रगत पुर्याउने मुख्य नसा हो। आफन्त र साथीभाइहरूले उनलाई बचाउने अथक प्रयास गरे। तर कसैको केही सिप लागेन। एम्बुलेन्स आइपुग्नु केही बेर अघि उनको मृत्यु भयो।
उनी वरिष्ठ हलवदार थिए। उनी कसरी लडे भन्नेबारे प्रहरीले थप विवरण दिएको छैन। ट्रिमर सन् २०१३ मा प्रहरीमा भर्ती हुन बेलायतबाट अष्ट्रेलिया बसाई सरेर आएका थिए।
सन् २०१७ मा एकेडेमी तालिम पूरा गरेपछि उनी पूर्वी पर्थबाट करिब ६०० किमी पर रहेको कालगूरिल आएका थिए।