मोरङ-सुनसरी किरात खालिङ राई उत्थान संघको तेस्रो जिल्ला अधिबेशन तथा नया समिति चयन सम्पन्न भएको छ। चैत्र ३ गते केन्द्रको अधिबेशन हुने भएकोले मोरङ -सुनसरीले फाल्गुन २८ गते सम्पन्न गरेको छ। सुन्दरहरैचा वडा न १० खोर्सानेमा उक्त अधिबेशन सम्पन्न गरेको छ। अधिबेशन मोरङ-सुनसरी किरात खालिङ राई उत्थान संघका अध्यक्ष पर्वत खालिङ राईको अध्यक्षता तथा किरात खालिङ राई उत्थान संघका केन्द्रिय प्रथम उपाध्यक्ष जय कुमार खालिङ्ग राइको प्रमुख अथितीमा सम्पन्न भएको थियो। अधिबेशन मा केन्द्रका पुर्खाका संयोजक पूर्ण खालिङ्ग राई सम्मान समेत गरेको थियो। संघलाई विभिन्न दाताहरु ले ५००० देखि १ लाख सम्म संघ लाइ सहयोग गरेका थए। संघलाई १ लाख सहयोग गर्ने २ जना लाई समेत सम्मान गरेको थियो। इटहरी निवासी अग्रज पुर्खा कबि राम खालिङ्ग राई र धरान निवासी चतुमान तथा जसमाया खालिङ्ग राइलाई सम्मान गरेको थियो भने चार जना संघ का सल्लाकार निबर्तमान अध्यक्ष खर्ग बहादुर खालिङ्ग राई ,टिकाराम खालिङ्ग राई,काजि खालिङ्ग राईर बिना खालिङ्ग राई समेत सम्मान गरेको थियो।
बेलबारीका पर्वत खालिङ राई मोरङ-सुनसरी किरात खालिङ राई उत्थान संघमा सर्बसम्मत निर्बाचित भएका छन्। समितिको उपाध्यक्षमा विष्णु खालिङ राई, सचिवमा जेट बहादुर खालिङ राई, सहसचिवमा कविता खालिङ राई, कोषाध्यक्षमा पनिता खालिङ राई निर्वाचित भएका छन । सदस्यहरूमा विषुवरी खालिङ राई, मनिता खालिङ राई, रामकुमार खालिङ राई, नवीन खालिङ राई, खड्ग खालिङ राई, रमेश खालिङ राई, सङ्गीत खालिङ राई, राम बहादुर खालिङ राई निर्वाचित भएका छन् ।