नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नैतिकता र संस्कार हराउदै गएकाले राजनैतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् ।
विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धन बनाउने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई कपोकल्पित आरोप लगाउदै गठबन्धन भत्काएको आरोप समेत लगाए । उनले नैतिकता विनाको राजनीतिको अर्थ नहुने भएकाले यस्तो राजनीति नगर्न नेताहरुलाई आग्रह समेत गरेका छन् ।
उनले नेपाली कांग्रेसको दस्तावेजमा माओवादीले भनेको कुरा राख्न नसकिने जफाव दिएका छन् । उनले नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै संविधानमा रहेको निर्वाचन प्रणालीको प्रावधान संसोधन गर्नुपर्ने धारणा राखे।
डा. शेखर कोइराला, वरिष्ठ नेता, नेपाली कांग्रेस।
सो कार्यक्रममा वरिष्ठ नेता डा. शेखर कोइरालाले सामाजिक क्षेत्रमा विशेष योगदान पुयाउनु भएका दिनबन्धु गोयललाई १५ हजार र राजनैतिक क्षेत्रमा योगदान पुयाउनु भएका पिताम्बर दाहाललाई २१ हजार नगद सहित सम्मान पत्र वितरण गरे।