ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर जाने फुङ्लिङ नगरपालिका—९ सुकेटार क्षेत्रमा धुलो उडाउँदै तीर्थयात्री लिएर जाँदै गरेको गाडी।
यो सडक कालोपत्रे गर्ने ठेक्का लागे पनि ठेकेदारले समयमै काम नगर्दा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर पाथीभरा जान भक्तजन बाध्य छन्।