मोरङको सुन्दरहरैचामा चौध बर्षे बालक हरुको फुटबल प्रतियोगितामा  सम्पन्न भएको छ।  लागुऔषध दुर्व्यसन विरुद्ध, शुक्रबारे, युवा क्लबको सचेतनाको उदेश्य  बोकी प्रतियोगिताको आयोजना गरिएको थियो।  आयोजकले  "प्रथम " महाशिवरात्रि दुइ दिने फुटबल कप २०८० मा चौध बर्षभन्दा मुनिका बालकहरु सहभागिता भएको बताए   । 

प्रतियोगितामा विभिन्न नगरपालिका तथा गाउपलिकहरुको क्लब सहभागिता रहेको थियो।  प्रतियोगितामा  शुक्रवारे युवा क्लब A- सुन्दरहरैंचा नगरपालिका  शुक्रबारे युवा क्लब B- सुन्दरहरैंचा नगरपालिका 3. फियर फुटबल क्लब - धरान उपमहानगरपालिका  अमरदह जुनियर्स सुनवर्षी नगरपालिका ५. लेटाङ्ग जाँते क्लब- लेटाङ्ग नगरपालिका  सिंहदेवी बोर्डिङ स्कुल- बेलबारी नगरपालिका ८  प्रभात सामुदायिक युवा क्लब जुनियर- पथरी ८. जहदा फुटबल क्लव-कानेपोखरी गाउँपालिकाका सहभागी क्लबहरु रहेको थियो। 

बिजयी सिंह देबी एकेडेमीले  शुक्रवारे युवा क्लब A- सुन्दरहरैंचा नगरपालिकासंग २/१ ले बिअजत्यि भई सेमिफाइनलमा  प्रवेश  गरेको थियो।   सेमिफाइनल खेलमा सिंह देबी एकेडेमीले  धरान फुटबल क्लबलाई ३/1 गोल गर्दै फाइनल प्रवेश गरेको थियो।  फाइनल खेलमा दिपक राईको १ गोल ले नै जहदा फुटबल क्लव-कानेपोखरी गाउँपालिका लाई उप बिजेता बनाएको थियो।  बिजेता एकेडेमी ले नगत ,ट्रफी ,मेडल र प्रमाणपत्र पाएका थिए।  म्यान अफ दि म्याच एकेडेमीका दिपक लिम्बु घोषित भए भने  एकेडेमीकै उत्क्रिस्त गोल रक्षक रोम लिम्बु भए। उनीहरुले नगत र मेडल पाए। प्रतियोगिता सुन्दरहरैचा नगरपालिका वडा न १२ शुक्रबारेका खेलमैदानमा भएको थियो।