बेलबारी वडा न ८ अवस्थित श्री सिंहदेवी एकेडेमीले कितावी ज्ञान संगसंगै विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप गराउदै आएको छ। एकेडेमीले विद्यार्थीहरुलाई समाजसम्म पुग्नलाई सामाजिक कार्य पनि गर्दै आएको छ।

एकेडेमीले बस्तिमा गएर प्याडवितरण साथै विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री पनि वितरण गरि सकेको छ। दुइ दिन आगाडी विद्यालयका एक विद्यार्थीका हजुरआमा क्यान्सर जस्तो प्राण घातक रोगसंग लड्दै आएका हजुरआमालाई उपचारमा खर्च पुगोस् भनि विद्यार्थी ,शिक्षक शिक्षिका विद्यालय प्रसाशनबाट रकम संकलन गरि हस्तान्तरण गरेको छ।

त्यसैगरि, शनिबार एकेडेमीले विद्यार्थीहरुलाई नाटकको कार्यशाला सम्पन्न गरेको छ। विद्यार्थीहरुमा प्रतिभा लुकेको हुन सक्छ भनि मध्ये नजर गर्दै उक्त नाटक कार्यशाला सम्पन्न गरेको छ। एकेडेमीकै सभाहलमा झोराहाट नाट्य  घरका सस्थापक अध्यक्ष भरत गुरागाईंले कार्याशालाको सहजीकारण गरेका थिए।

bharat 1कार्याशालामा बोल्दै गुरागाईंले हरेक विद्याथीहरु सिर्जनशील हुन जरुरि छ, विद्यार्थीले पढ्ने किताब थोरै हुन्छन्, किताबमा लेखिएका कुराहरु थोरै हुन्छन तर हरेक विद्यार्थीहरुले यो संसार पढ्न जरुरी छ, कतै हामीले स्कुलमा पढाउने नाममा धोका त दिरहेका छैनौ हरेक विद्यार्थीहरु रचनात्मक हुन जरुरी छ, उसको जिवनको सुन्दर भविष्यका लागि नाटक कविताले हरेक विद्यार्थीलाई  सिर्जनशील बन्न अभिप्रेरित गर्छ र उसलाई कसरि अगाडी बढ्नुपर्छ थाहा दिन्छ बताएका थिए।