मोरङको विराटनगर नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन्।

अस्पतालको आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ४ महिनाको जस्तो देखिने शिशु फेला परेको हो।

अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ। पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहको भन्दै शिशु फाल्नेको खोजी पनि भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।