नक्सल ः चन्द्रजंग बस्नेत
नक्सल सामुदायिक वन टोली नं. २ जनआर्दश टोलको हाम्रो आजको सरसफाई अभियान वार्षिक रुपमा गर्ने वृक्षराृेपण कार्यक्रमलाई घअघि बढाउदै रबाटोको सुरक्षाको दृष्टिकोणले सम्पूर्ण यो झाडीहरुलाई सरसफाई अभियानमा लगेर सम्पूर्ण जनसमुदायलाई एकीकृत गर्दैैै आज यो अन्तिम दिनको कार्यक्रम हो र हाम्रो काम चालू चलिरहेको छ । त्यसैले वर्षेनी यो हाम्रो कार्यक्रम रहन्छ । यसलाई उच्चतम् ढ्ङगले हाम्रा सामुदायिक उपभोक्ताका साथीहरुले मुल्याङकन गरेर सफलताका साथ टुङग्याउने हाम्रो योजना छ र पछि हाम्रो सामुदायिक वन उपभोक्ताका साथीहरुले अनुगमन पनि गर्नुहुन्छ हाम्रो अनुगमनमा पनि ३ जनाको टोली छ । विशेष अनुगमन गरेपछि ईलाका कार्यालय बेलबारीले पनि गर्ने छ र यो सालको हामीले गरेको वृक्षरोपण र सरसफाई कार्यक्रमलाई समापन गर्ने निधो गरेका छौ ।यो अहिले धेरै जनघनत्व बढेको हिसाबले उदाहरणीय काम रहेको छ । किनभने यो बाटो साइटमा विशेष गरि जनसमुदायले फोहो फ्याल्ने ठाउँ जस्तो पनि रहिरहेको छ । त्यसैले यसलाई सरसफाई अभियानका रुपमा हाम्रो समितिले बनाउनुपर्ने जरुरी देखेर यो बाटोदेखि पूर्व साइटमा वृक्षरोपण कार्यक्रम दोस्रो चरणको लागू हुदैँ छ । यो टोलटोलबाट गर्दा हाम्रो समूहको एउटा सामाजिक काममा सामुदायिकिकरण भन्ने कुरा प्रष्ट रुपमा देखिन्छ र जति जनसमुदायलाई जुटाउन सकियो त्यति योठाउँको सरसफाई, वनको सुरक्षा र वातावरण सन्तुलको दृष्टिकोणले यो देशको उच्चतम् मुल्य हुन जान्छ ।
राजेन्द्र थापा सदस्य
ऋाज नक्सल सामुदायिक उपभोक्ता समूहले झाडी सरसफाई कार्यक्रम राखेको छ । यस अन्र्तगत एकएकका जग्गामा वृक्षरोपण गर्ने कार्यक्रम रहेको छयो झाडी सरसफाईलाई क्रमश अझै व्यवस्थित गर्दै लाने र यस क्षेत्रलाई हात्ती आतङ्कबाट पनि गााउँलाई सहज बनाउने अवसर प्रदान गर्न सफल भएको छ सगँसगैँ यहाँको राम्रो खालको बोटबिरुवाको निमित्त पनि महतवपूर्ण सहयोग पुयाउने छ र यो क्षेत्रमा नक्सल सामुदायिक वनले यस्ता कार्यक्रमहरु राखेर मानिसहरुलाई उत्तरी क्षेत्रबाट बेलबारी क्षेत्रमा आवतजावत गर्नका लागि सहज किसिमको सहयोग पुयाउने छभने यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आगामी दिनमा नक्सलदेखि बेलचौरीसम्मको बीचको जङगलाई एउटा सेल्फी रोडको रुपमा अगाडि लैजाने समेत कार्यक्रमको रुपमा रहेको छ । यसरी यो कार्यक्रमले हामी नक्सलबासी उपभोत्ताहरुलाई एउटा राम्रो किसिमको मार्गदर्शन गर्ने काम पनि छभने अर्काेतिर नक्सल सामुदायिक वनले यहाँका उपभोत्ताहरुलाई निरन्तर रुपले आवश्यकताअनुसार काठदाउराहरु उपलब्ध गराउदै गहिरहेको छ साथै व्यवस्थित रुपले अगाडि बढाउनका निमित्त आफ्नो भवन पनि निमार्णधिन अवस्थामा रहेको छ । यसरी नै निरन्तर रुपले आजसम्मका जेजति क्रियाकलापहरु गरेको छ वास्तवमा धेरै नै राम्रो काम गरिरहेको छ । आगामी दिनमा यसलाई अझ व्यवस्थित बनाउदै जानेछ ।
यस नक्सल सामुदायक वन अन्र्तगत हाम्रो सात वटा टोलहरु छन् । सात वटा टोलमा एउटा टोल भूगोको हिसाबले केराबारी गाँउपालिकामा छ र सात नं. टोल खोलापारी छ त्यसकारण साबिक हिसाबले पाचँ वटा टोल नक्सलमा भएकाले टोल विभाजन गरेर झाडी सरसफाई अभियानमा लागेका छौ । वर्षमा एक पटक श्रमदान गरौँ र श्रमसगँ पनि केही जोडौ भन्ने उद्देश्यले यो कामगरेका हौ र हामीले यो झाडी सरसफाईलाई नै किन लियौ भन्दा वार्षिक कार्ययोजनामा नै झाडी सरसफाई गरेर वृक्षरोपण कार्यक्रम हुन्छ वृक्षरोपण कार्यक्रमसगै हामीले एउटा प्रकृतिरुपमा हामीले कस्तो कस्तो बिरुवा उत्पादन गर्न सक्छौ भन्ने कुराको कार्यक्रम रहेको छ र त्यो कार्यक्रमलाई हामीले गएको सालमा एक हेक्टरमा वृक्षरोपण पनि गर्यौ । अहिले चाही हामीले एक हेक्टरमा विशुद्ध वृक्षरोपण गर्ने र बार्की एक हेक्टरमा एनआरएनको कार्यक्रम गर्ने उद्देश्यले झाडी सफाईको अभियान श्रमसगँ जोड्नका लागि टोल समूहलाई परिचालन गरेर आज हामी यो झाडी सफाईको अन्तिम दिनमा छौँ । वृक्षरोपण कार्यक्रम असार साउनको बचिमा हुने भएकाले कार्यक्रम गतिविधिहरु यही समयमा नै हुन्छ । धेरै कामको चाप बढ्दो हुदाँ सकेसम्म हाम्रो कार्यक्रमलाई समुदायलक्षित नै बनाउने हो । अहिले यो झाडी सरसफाई समुदायसगँ लक्षित रहेर कुन खाल्को बिरुवाहरु लगाउदाँ आर्थिक रुपमा जोडिन्छ र प्रकृतिलाई पनिसुरक्षित गर्ने हिसाबले हामी छलफल गरेर त्यो प्रकिृयामा जान्छौँ
मोरङ जिल्लाको चौथो अवार्ड हामीले प्राप्त गरेका छौ र हामी यो देशको पहिलो हुने प्रयत्नमा लागेका छौ, हामीलाई सबैजनाले साथ सहयोग गरिरहनुभएको छ ।हामीले काम गदाँ सामुदायिक क्षेत्रका विकासमा संस्थागत विकास, सामाजिक विकास र वन क्षेत्रको विकास गरि धेरै पाटाहरु हुदाँ रहेछन् । हामीले वन क्षेत्रमात्र छुटयाउँदा संस्थागत नहुने रहेछ । सामुदायिक क्षेत्रमा अक्तियारमा जाने, आर्थिक हिनामिनाको कुरा छ त्यो कुरालाई पारर्दशिता बनाउन सक्यौँ भने यसले उत्कृष्ट अवार्ड हामीले प्राप्त गर्नसक्छौ भन्ने हामीलाई लाग्छ किनभने हाम्रो सामुदायिक वनमा त्यस्तो वेथिति देखिदैँन ।