थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरीमा संलग्न आरोपमा प्रहरीको नियन्त्रणमा रहेका दुई जना छुटेका छन्। दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहबाहेक उनका पति र दिदी छुटेका हुन्।
दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र शारदा शाहीलाई थुनामुक्त गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए। प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने–‘चोरीमा संलग्न नदेखिएपछि उनीहरू दुई जनालाई छाडेका छौँ।’
नरेन्द्र नेपाली सेनामा कार्यरत छन्। २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेको छ। शारदा चाहिँ आरोपी मनकुमारीकी दिदी हुन् । उनीहरू कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी स्थित एउटै घरमा बस्छन्।
फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन्।