मोरङको बुढीगंगा गाउँपालिका–२ बाट प्रतिबन्धित लागूऔषधसहित १७ जना पक्राउ परेका छन्।
शनिबार दिउँसो चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये ४ जनाको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिएका छन्। प्रहरीले उनीहरुको साथबाट ४ हजार थान भन्दा बढी ट्याबलेन्ट बरामद गरेको छ।
पक्राउ परेका ४ जना बाहेक अन्य लागूऔषध प्रयोगकर्ता रहेका छन्। उनीहरुले सीमावर्ती बजार जोगबनीमा लागूऔषध सेवन गरेर आएका थिए।
केहीले सेवन पनि गरेर बोकेर आउने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो। ४ जना मध्ये २ जनालाई कारबाहीका लागि औषधी व्यवस्था विभाग पठाइने र दुई जनालाई प्रहरीले नै कारबाही प्रक्रिया अगाडि बढाउने र बाँकीलाई परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।