लुनार ह्याबिटेट च्यालेन्ज २०२४ मा विराटनगर स्थित सेन्ट जोसेफ स्कुलले तीन वटा पुरस्कार जित्दै प्रथम भएको छ । फागुन ३ गतेदेखि काठमाडौंमा सुरु भएको २ दिने कार्यशाला पश्चात चार दिन भएको प्रतियोगितामा सेन्ट जोसेफले तीन वटा पुरस्कार जितेको हो । IMG-20240223-WA0050
ज्ञानोदय बालवाटीकामा भएको कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई रकेटरी, अन्तरिक्ष विज्ञान र मानव अन्तरिक्ष उडानका विभिन्न पक्षहरूसँग परिचित गराउनु रहेको थियो ।
सेन्ट जोसेफबाट सहभागी विद्यार्थीहरूले उत्कृष्ट समन्वय र उत्कृष्ट कागजात पुरस्कार पनि प्राप्त गरेका थिए । उपत्यका भित्र र बाहिरका समेत गरेर १४ विद्यालयहरूका प्रतिनिधित्व गर्ने कुल १४ टोलीहरू सहभागि कार्यक्रममा सेन्ट जोसेफ उत्कृष्ट बन्न सफल भएको थियो । IMG-20240223-WA0049
सेन्ट जोसेफ स्कूलले गुणस्तरीय शिक्षाको माध्यमबाट विश्वमा आफ्नो स्तर कायम गर्न सफल भएको विद्यार्थीहरूले आफ्नो प्रतिभा मार्फत चिनाउन सफल भएका छन् । हरेक विद्यार्थीहरूमा केहीन केही प्रतिभा लुकेर बसेको हुन्छ, स्कुलका डाइरेक्टर रोहित जंग थपलियाले भने, ‘उनीहरूलाई आफ्नो प्रतिभा प्रस्फुटनका लागि प्लेटफर्म चाहिन्छ । सेन्ट जोसेफले उनीहरूका लागि त्यो प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।’IMG-20240223-WA0052
कार्यक्रममा सेन्ट जोसेफबाट स्वरूप पराजुली, पोषणा भारती, सुभाङ्गी अधिकारी र स्तुती केसी सहभागि भएका थिए ।