यहि फागुन १८ र १९ गते दुइ दिन विराटनगरमा दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगिता आयोजना गरिने भएको छ ।
पछिल्लो समय डोरी तान प्रतियोगिता तर्फ धेरैको आकर्षक बढेकोले यो खेलले धेरै मान्यता पाएको देखिन्छ। IMG20240224153711
 कोशी प्रदेश डोरी तान संघको आयोजनामा हुन लागेको सो राष्ट्रिय प्रतियोगितामा ७ वटा प्रदेश र तीन वटा विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० वटा टिमले भाग लिने बताइएको छ । बुद्धि र बलको आधारमा खेलाईने डोरी तान प्रतियोगिताका विजेताले १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने डोरी तान संघका केन्द्रिय उपाध्यक्ष डा. सुभाषश्री पोखरेलले जानकारी दिए ।IMG20240224153742

राष्ट्रिय तथा अन्तराष्टिय खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गरिने सो प्रतियोगिताका लागि करिब १९ लाख रुपैया खर्च लाग्ने बताइएको छ ।