जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा पालिका समिति पुनर्गठन भएका छन्। यसरी पुनर्गठन गरिएका पालिकामा धनकुटाको सहिदभूमि गाउँपालिका र इलामको माङ्सेबुङ गाउँपालिका रहेका छन्।

पार्टीको राजनीतिक समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यमा पालिकामा आयोजित भेलाले टङ्क राईको अध्यक्षतामा २१ सदस्यीय सहिदभूमि गाउँ समिति पुनर्गठन गरेको हो।

त्यस्तै, माङ्सेबुङको वडा नं ५ मा आयोजित भेलाबाट किसान खजुमको अध्यक्षतामा ३१ सदस्यीय गाउँ समिति पुनर्गठन गरेको छ। कार्यक्रममा पार्टीका कोसी प्रदेश समितिका अध्यक्ष दीपक याक्खा, प्रदेश निर्वाचन आयोगका अध्यक्ष विनोद नेम्बाङ, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष एवम् इलाम जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईलगायतका नेताहरू उपस्थित रहेका थिए।