थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन्।
उच्च रक्तश्राब भएपछि दैलेख घर भएकी मनकुमारी सिंहलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो।