नेपाल ‘ए’ टोलीले मंगलबार खेलेको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडा-११ लाई दुई विकेटले हराउदैँ जित हासिल गरेको छ।
जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृंखलालाई १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा क्यानडा-११ चार विकेटले विजयी भएको थियो।
शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार नेपाल ‘ए’ टोली र क्यानडा-११ खेल्ने छन्।