उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिइएको छ ।
आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो।
उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो । ह्दयघात भएपछि उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्याइएको थियो ।उपचारका क्रममा निधन भएको थियो ।
उहाँको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।