विराटनगर, १५ माघ ।
न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको भन्दै विराटनगर स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १३ वटा निजी उद्योगको १७ वटा मुद्दा दायर गरेको जनाएको छ ।
सोमबार विराटनगरमा आयोजित दोश्रो त्रैमासिक समिक्षा गोष्ठीमा सो कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण र्सार्वजनिक गर्ने विराटनगर दुग्ध वितरण आयोजना सहित १३ वटा निजी उद्योगहरु विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
सो कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले खाद्य पदार्थमा हुने परम्परागत मिसावट भन्दा आधुनिक र प्रविधियुक्त मिसावट बढी जोखिमपूर्ण हुने भएकाले यसलाई रोक्न सरोकारवाला तथा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले मानवको स्वास्थ्यमा खेलवाढ गर्ने मिसावट बाट जोगाउन विभिन्न स्थानहरुमा अनुगमन र सचेतना कार्यक्रमहरु गर्ने गरेको जानकारी दिए ।
उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अन्तर्रााट्र्रय स्तरको प्रयोगशालाको मान्यता पाएकाले उद्योगी व्यवसायीहरुले विराटनगरबाट निर्यात गर्ने वस्तुको प्रमाणपत्र लिन सकिने जानकारी गराइएको थियो । सो कार्यक्रममा कोशी प्रदेशका खाद्य प्रमुखहरु प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।