विराटनगर, १५ माघ । 

 कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी ऐनले दिएको अधिकारलाई अधिकतम प्रयोग गरी प्रदेशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न लागिपर्ने बताएका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख खापुङले  विकास र सुरक्षालाई संगसगै लैजाने बताए । उनले आफुले कानुनको दायरामा रहेर प्रदेशमा काम गर्ने बताए । उनले जनताले भर गरेको संस्थानै प्रहरी भएकाले जनअपेक्षा अनुसार सुरक्षा प्रदान गर्न लागि पर्ने बताए । 

press dig

 उनले प्रहरी प्रतिको जनविश्वास बढाउन रचनात्मक टिकाटिप्पणी र सकारात्मक आलोचना आवश्यक रहेको हुनले सिमा क्षेत्रमा हुने तस्करीका कारण प्रहरीहरु बदनाम हुने गरेका गुनासो गरे । उनले तस्करी नियन्त्रणमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह समेत गरे । सो पत्रकार सम्मेलनमा प्रहरी उच्च अधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।