विराटनगर, ११ पौष ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वीस कन्ट्याक्ट र आसमान नेपालको संयुक्त पहलमा श्रम संसार श्रम संसार नामक मोबाईल एप संचालनमाश्रम संसार नामक मोबाईल एप संचालनमामक मोबाईल एप संचालनमा ल्याइएको छ । 

वुधवार विराटनगरमा आयोजना गरिएको एक कार्यक्रमा समुदायमा रहेका बेरोजगार युवाहरु विशेष गरी महिला र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई श्रम बजारको स्थिति, आवश्यकता र माग सम्बन्धमा जानकारी दिन श्रम संसार नामक मोबाईल एप संचालनमा ल्याइएको  हो । यसरी ल्याइएको सो एपबाट बेरोजगार युवाहरुलाई उद्यमशिलता विकास र सीपमूलक तालिम लिन समेत सहयोग पुग्ने बताइएको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा मन्त्रालय अन्र्तर्गतको रोजगार सूचना केन्द्रबाट वेब पोर्टल संचालन गर्ने सहमति समेत भएको छ । 


सरकारी वेबसाइटका रुपमा विकास गरिएको यो एपबाट पहिलो चरणमा विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका साथै कोशी प्रदेशका अन्य पालिका, रोजगारदाता र तालिम दिने संस्थाहरु सम्बन्धी जानकारी उपलब्ध हुनेछ । यो मोबाइल एपको संचालनबाट बेरोजगार युवाहरुको तथ्यांक संकलन र अभिलेखिकरणमा पनि सहयोग पुग्ने स्वीस कन्ट्याक्ट नेपालका अधिकृतहरुले पत्रकार सम्मेलन गरी जानकारी दिए  ।

 श्रम बजार सम्बन्धी वेब पोर्टल र मोबाइल एपको एक कार्यक्रम बीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गरेका हुन ।