बिराटनगर १पौष ।

 बिराटनगर स्थित पुरानो हिमाल रोड कायम हुनुपर्ने भन्दै व्यावसायिहरुले एम.जी. रोड खारेजको माग गरेका छन् । आइतबार देखि विराटनगर महानगरपालिका विरुद्ध व्यवसायीहरूले आन्दोलन सुरु गरेका छन् ।  एम.जी. रोडका कारण व्यवसायी पलायन हुने अवस्था सृजना भएकोले एक मात्र माग एम.जी. रोड खारेज हुनु पर्ने  व्यापारीहरूले बताएका छन् ।

 विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित मुख्य व्यापारिक केन्द्र एम.जी. रोडमा ६० भन्दा बढि व्यवसायीक पसल तथा सटर सञ्चालनमा रहेका छन् । स्थानीयवासीले  आन्दोलन संघर्ष समिति गठन गरेका एम.जी.  रोडको बिरोधमा उत्रिएका छन् । उनिहरुले आइतबार १२ बजेदेखि १ बजेसम्म १ घण्टा पसल बन्द गरेर एम.जी. रोड खारेज र पुरानै हिमालय रोड कायम हुने पर्ने माँग गर्दै आन्दोलन सुरु गरेका हुन्।एम.जी. रोड खारेज र हिमालय रोड कायम नभए सम्म आन्दोलनलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ। 

IMG-20231217-WA0007

विराटनगर महानगरपालिका सँग अनुमति लिएर विभिन्न संघ संस्थाहरूले चार्ड पर्वको समय एम.जी. रोडमा मेला लगाउने गरेका छन् । यस बाहेक विभिन्न राजनैतिक दलले समय समयमा सभा सम्मेलन गर्दा साउण्ड बक्सको प्रदुषण पसल पसलमा पुग्दा व्यापार व्यवसायी नै चौपट भएकोले एम.जी. रोड खारेज गर्न माग गरे ।

महानगरपालिकाले करिब १ करोड भन्दा बढि रकम खर्चेर गरेर बनाएको सो रोडको  स्याहार नहुँदा अलपत्र अवस्थामा रहेको छ।