विराटनगर ४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेट युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर(३ मा अवस्थित आश्रममा  संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो ।

संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको हो । देउसी(भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा संस्थाले सकेको सहयोग गर्ने बताए ।

संस्थापक अध्यक्ष दाहाल, अध्यक्ष अच्युत खतिवडा, सचिव विनोद घिमिरे, सनम अधिकारी, सन्तोष अधिकारी, नवरत्न संग्रौला, चुडामणी घिमिरे ९गोपाल०, विषम दाहाल लगायतको उपस्थितिमा खाद्य सामग्री वितरण गरिएको थियो ।