बेलबारी। बेलबारी नगरपालिकामा क्रयाशिल सबै राजनैतिक दलहरुको गम्भिर ध्यान गर्दै महानिरिक्षक धिरज प्रताप सिह, प्रमुख जिल्ला अधिकारी, पुर्वी पृतनापति ईटहरी, नेपाल प्रहरी बेलबारी नगरपालिकामा फाल्गुन १० गते बुधवारका दिन प्रहरी अस्पतालका तत्कालिन डाईरेक्टर आशा सिहं, बेलबारी नगरपालिका लगायत छिमेकी गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, कार्यपालिका सदस्य, बेलबारी नगरपालिकामा क्रियाशिल राजनैतिक दलका प्रमुख, लगायत समाजसेवी, बुद्धिजिवी, जग्गादाता र सर्वसाधारको उपस्थितिमा बेलाबारी नगरपालिका वडा न ३ स्थित ईलाका प्रहरी कार्यालयको पुरानो भवनमा कोशी प्रदेश प्रहरी अस्पतालको उदघाटन भई सेवा सुचारु भएको थियो। मंसिर २६ गते मध्यरातमा एक्कासी सो अस्पताल अपहरणको शैलीमा सुनसरी जिल्ला समन्वय समितिमा अनाधिकृत रुपमा स्थान्तरण भएको विषय बेलबारी का स्थानीय हरुले थाह पाउछन। राजनीतिक दल स्थानीय नगरपालिका बाट अस्पतालमा पुग्दा कोशी प्रदेश प्रहरी अस्पताल भएको बोर्ड मात्र देखि स्वस्थिया सामाग्री भवनमा खाली देख्छन।
त्यसपछि खैला बैला हुन्छ कि राता रात बेलबारीबाट सामान ओसारेर सुनसरीको इनरुवा को जिल्ला समन्वय समिति सुनसरीको भवन लागिएको छ।
स्थानीय पालिकासँग समन्वय समेत नगरी अस्पताल सञ्चालन भईरहेको अबस्थामा सो अस्पताल चोरीको सैलीमा रातारात सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला ) ले आरोप लगाएकीछिन ।उपप्रमुख थापाले अस्पतालले निश्चयनै खेदपुर्ण, विधि र प्रकृयाको ठाडो उलंघन तथा स्थानीय सरकारलाई अबहेलना गरी स्थानिय सरकार को मान मर्दन गर्ने, निर्णय प्रकृयामा समेल नगराउने खालको निरंकुस शैलीको रुपमा लिएका छौ ।
बेलबारीका सबै राजनैतिक दलको पुर्ण एकवद्धता जाहेर गर्दै अनाधिकृत रुपमा, छापामार शैलीमा स्थान्तरण भएको प्रदेश प्रहरी अस्पताल पुन सोहि ठाउमा स्थापना गर्न जोडदार माग पत्रकार सम्मेलनमा गरेका छन् ।
केन्द्र सरकारको सहयोगमा बेलबारीमा निर्माण धिंन अवस्थामारहेको बेलबारी नगर अस्पताल लाई कोशी प्रदेश प्रहरी अस्पताल लाई चलाउन दिने अहुलेको को थाउलाइ त्रमा सेन्टरको रुपमा विकास गर्ने तेस्का लागि प्रदेश प्रहरी अस्पतालको टोलि ले समेत अनुगमन गरि गएको कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुबेदीले पत्रकार सम्मेलनमा बताएका थिए।