नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग म्याङलुङ नगरपालिकाको आयोजना र तेह्रथुम जिल्ला अस्पतालको समन्वयमा दुई दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मिति २०८० मंसिर २२ र २३ गते तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका स्थीत तेह्रथुम जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १११७ जना विरामीले स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिएका छन् । 

WhatsApp Image 2023-12-11 at 14.27.12

नोवेल शिक्षण अस्पतालका बरिष्ठ फोक्सो रोग विशेषज्ञ डा. रामहरी घिमिरे, बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेश नेपाल, बरिष्ठ यूरोसर्जन डा. रामसागर शाह, डा. निरन्जन कुमार, प्याथोलोजिष्ट डा. मनिष दास लगायतका विभिन्न विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले विरामीको परीक्षण गरेको थियो । जस अन्तरगत जनरल मेडिसिनमा ४०० जना, फोक्सो रोगमा १९८ जना, छाला रोगमा १६० जना, प्रसुती तथा स्त्री रोगमा १८३ जना, यूरोसर्जरीमा ५९ जना, दन्त रोगमा ५२ जना, मानसिक रोगमा ८० जना विरामीको जाँच भएको छ । शिविरमा १४० जनाको निःशुल्क इ. सि. जि., १३५ जनाको निःशुल्क भिडियो एक्सरे र ३०० जनाको निःशुल्क प्रयोगशाला परीक्षण समेत गरिएको थियो ।

WhatsApp Image 2023-12-11 at 14.27.14