युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई डेङगो संक्रमण भएको छ । मन्त्री लिम्बु हाल काठमान्डौ स्थित वीर अस्पतालमा उपचाररत रहनुभएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । मन्त्री लिम्बु केही दिन अघि लेटाङमा एक कार्यक्रममा आउनुभएको थियो ।
लेटाङमा डेङगोले महामारीका रुप लिएको छ । लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावती समेत डेङगु रोगकाे संक्रमण वाट भर्खरै निको भएर काममा फर्कनुभएको छ । लेटाङमा हाल प्रत्येक जसाे डेङगाेका विरामीहरु छन् ।