स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले पत्र लेख्दै  २६ वटा स्वास्थ्य संस्थालाई विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 

‘सेवा समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी रिक्त पदहरूको पदपूर्ति गर्ने प्रयोजनको लागि एकीकृत विवरण सहितको माग आकृति फारम भरी यही १० भदौभित्र उपलब्ध गराइदिनु हुन आग्रह छ ।’

लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आव २०८०र८१ मा मन्त्रालय अन्तर्गत रिक्त रहेका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका रिक्त पद विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।