बेलबारी । बेलबारी नगपालिकालाई रास्वपा बेलबारीले  नगरपालिकाले तोकेको भन्दा बढी मुल्यमा कृषि फर्म तथा सहकारीहरुले अनुदानको मल बेचेको विषयमा ज्ञापन पत्र बुझाए पछि   तोकेको भन्दा वढी मुल्यमा रासायनिक मल बिक्री गर्ने बिक्रता फर्मलाई रासायनिक मल बिक्रता प्रमाणपत्र किन खारेज नगर्ने भनी २ दिने स्पष्टिकरण सोधेको छ । 

 २०७९ चैत्र ११ मउपमेयर, प्रमुख प्रशासकीय अधिकृत  र कृषी शाखा प्रमुख सहित अनुदानको  रासायनिक मल  बिक्री सम्बन्धमा बसेको पालिकाको बैठकले  प्रति के. जी.  युरीया मल खरिद मुल्य रु१५ मा   ढुवानी प्रति के जि रु १.७०।-, लोड अनलोड प्रति केजि रु ०.२६।- र सेवा शुल्क  प्रति के. जी.  रु १।- रुपैयाँ थप गरी प्रति केजी युरीया मलको खुद्रा बिक्री मुल्य १७.९६ र प्रति ५० केजी बोराको युरिया मलको  मुल्य रु ८९८।- मुल्य लिन पाउने ब्यवस्था गरेको थियो त्यसै गरी ढुवानी, लोड अनलोड र सेवा शुल्क जोडेर  खुद्रा प्रति केजी डिएपीको  मुल्य रु ४६.९६ र पोटासको प्रति केजी रु३४.९६  तोकेको थियो । प्रति ५० के. जी.  डिएपी बोराको अधिकतम मुल्य रु २३४८।- त्यसै गरी  पोटासको प्रति  ५० केजी बोराको रु १,७४८।-हुनु पर्ने पालिकाको निर्णयमा उल्लेख गरीएको छ ।

 तर बिक्रेताहरुले खुद्रा मल बिक्री गर्दा हुक लाउँदा केही मल खेर जाने र खुद्रा बिक्री गर्दा परिमाणमा केही खेर जाने भएकोले फाइदा नहुने र खुद्रा मुल्य पुनर्बिचार गर्न पालिकालाई अनुरोध गरेपछि पालिकाको मिति २०८० जेष्ठ ८ गते उपमेयर, प्रमुख प्रशासकीय अधिकृत  र कृषि शाखा प्रमुखको बैठकले युरियाको खुद्रा मुल्य  रु १७.९६ बाट बढाएर  रु २०।- प्रति के. जी., डिएपीको साबिक  प्रतिकेजी रु ४६.९६ बाट बढाएर रु ४९ र पोटासको रु३४.९६  बाट बढाएर प्रति के जी रु ३७ सम्म बेच्न पाउने तर ५० के. जी. बोरा नै बिक्री गर्दा युरियाको  मुल्य साबिक  प्रतिबोरा रु८९८।- , डिएपीको २३४८ र पोटासको १७४८।- नै हुने निर्णय गरेको थियो ।

 यसको बाबजुद बिक्रताहरुले  पालिकाको निर्णयलाई लत्याउँदै  प्रति ५० के. जी. युरिया मल रु ९५०।- देखि रु १०००।- सम्म बिक्री गरेको पाइएको छ । केही बिक्रेताहरुले  किसानलाई बिल समेत नदिने गुनासो उपभोक्ताले गरेकाले सबै  अनुदानको  रासायनिक बिक्रेताहरुले मल बिक्री गर्दा अनिवार्य बिल बिजक जारी गर्नु पर्ने नगरको आजको स्पष्टीकरण पत्रमा उल्लेख छ । पत्रमा सबै वडा कार्यालयले मल बिक्रीको अनुगमन गरिदिनु पर्ने समेत बोधार्थ जनाइएको छ । 

रास्वपा बेलबारीले अनुदानको रासायनिक मल बिक्री गर्दा  किसानलाई मार पार्न नहुने बताएको छ ।

WhatsApp Image 2023-06-21 at 14.46.20