नेपालमा पूर्व मेची देखि पश्चिम महाकाली सम्म उत्तर चिनको तिब्बत देखि दक्षिण भारतको युपी , बिहार सम्म फैलिएको हिमाल ,पहाड , तराई बिच फैलिएको भु-भागमा लाखौं लाख दलित समुदाय बसोबास गरेको तथ्यांक हामी सामु छर्लङ्ग छ यसै परिवेश भित्र पहाडी मुल , मधेसी मुल, नेवारी मुल गरेर तीन वर्गीकरण मा दलित समुदायको विभाजन स्पष्ट रुपमा देखिन्छ जुनसुकै मुलका दलित भऐ पनि दुखाइ , भोगाइ र पीडा समान छ । समान छैन भने वर्गीय दृष्टिकोण बाट छ हुने खाने दलित , हुदा मात्रै खाने कामदार मजदुर दलित यसमा केही भोगाइ अलि फरक छ तर पनि धन दलित वर्गीय रुपमा अलि अगाडि देखिऐ पनि संस्कृतिक दृष्टिकोण बाट उपनि पिडित नै छ ? धनी हुने खाने दलित एउटा दृष्टि बाट अलि अगाडि देखिऐ पनि संस्कृतिक रुपमा पछाडि पारिऐकै छ यसमा कुनै संख छैन तर यहाँ आज अलि भिन्न प्रकारले दलित समुदायको चर्चा हुने छ माथि धनी दलित संस्कृतिक रुपमा पछाडि छदै छ भन्ने भनाइ त स्पष्ट रुपमा आयो ? दलित समुदायको लामो समयको संघर्ष पश्चात नेपालको गणतन्त्रिक संविधानको मैलिकहकमा केहि अधिकार प्राप्त भएको छ । तर प्रश्न यो पनि उठन्न सक्छ अन्तरिम ०६२/०६३को संविधान र मुलुकीऐनको संविधान पनि अधिकार त थियोे तर कार्यनयन किन भऐन भन्ने प्रश्न गहन रुपमा उठाउनु पर्छ संविधान आफै एउटा निर्जीव किताब नै हो अब यश लाई चलायमान बनाउन अथवा संजिव बनाउन त तमाम दलित समुदाय लाई बिषयमा सचेत गराउनु , अन्तक्रिर्या गोष्ठी , सेमिनार गराउनु दलित संघ, संस्था को दायित्व होइन ? तर यहाँ चर्चा गरिएको जस्तो सचेतना कार्यक्रम हुन सकेन विडम्बना ?संविधान सभाको निर्वाचनबाट नयाँ संविधान बनेको छ । जुन आशा र भरोषाले दलित समुदायको आन्दोलन वा संघर्षमा पनि उक्त समुदायको संख्यात्मक धेरै बलिदान भयो अथवा गरे तर ति आशा र भरोषा पुरा हुुन सकेनन् । आज पनि लाखौं लाख नेपाली युवाहरु विदेशको खाडीमा छन् अझै तुलनात्मक रुपमा दलित समुदायको विदेशीने तथ्यांकअनुसार लामो शुचि बन्छ विदेशीमा नाच, गान गर्नेमा पनि दलित समुदायको उपस्थिति उल्लेखनीय नै छ यश आधारमा पनि अझ नेपाली दलित समुदायको नेपालमा रोजगारीको प्रत्याभूति छैन भन्ने अडकल गर्न सजिलो हुन्छ लाग्ला फेरि दलित मात्रै विदेशी मजदुर भऐ त ? त्यो सत्य होइन कुल जन संख्यात्मक हिसाबले दलित को विदेशीने संख्या अलि बढी हुन सक्छ भने अड्कल । यश भनाइको अर्थ नेपालमा दलित समुदायका युवा लाई रोजगारीको प्रत्याभूति छैन भन्ने सहज अनुमान लगाउन सकिन्छ
अर्कोतिर गरिबीको कारण शिक्षा हासिल गर्न नसकेका दलित युवाहरु हरु पनि निकै छन नेपालकै शैक्षिक प्रणाली अलि गरिब मुखी छैन अनि नयाँ संविधानले शिक्षा निशुल्क दिन व्यवस्था गर्न नसकेको विशम परिस्थिति हो अनि अर्को विकल्प विदेश जान बाध्य दलित युवा हरु । अध्ययन गरेका युवाहरु पनि नेपालमा रोजगारी बाट बन्चित छन अझ सय जान शैक्षिक हैसियत युवा हरु अारणक्षको कोटा बाट छनोट गरिन्छ तर अनुमान गर्न सकिन्छ सय जान युवा बाट कति जान आरक्षण बाट छनोट होलन दलित को खुट्टामा संङलोले बाध्ने काम आरक्षण पनि गरेको छ हैसियत हुने युवा पनि आरक्षणको बाटो बाट स्थापित हुने चहान राख्छन कारण छनोट प्रणाली पारदर्शी छैन भन्ने थाहा भऐ पछि उस्ले हिम्मत नै गर्न सक्दैन
देशमा आफ्नो योग्यता अनुरुप रोजगार व्यवस्था नहुने स्थिति देखेपछि विदेश जान बाध्य छन् । दलित मात्रै होइन समग्रमा देशको राष्ट्रियता कमजोर अवस्थामा पुगेको छ । संघीयताको दुस्परिणामहरु देखा परिरहेका छन् । अझै अर्को जटिलता के पनि छ भने संघीय राज्यमा दलितको अधिकार के भन्ने चर्चा त विल्कुल छैन यश बिषयमा सचेत नेतृत्व पंक्तिले आवज नउठाउने हो भने जटिलता अझै हुन सक्छ यस्तो किन भयो भन्ने कुरामा दलित समुदाय बाट पनि आवाज उठाईनु पर्छ हामी देशका सच्चा नागरिक हौ पहिला देश अनि मात्रै अधिकार भन्ने कुरा आउन सक्छ आज हाम्रो दलित समुदाय बाट राष्ट्रियता का बिषयमा पनि बेला बखत आवाज उठाईनु पर्छ तर यहाँ दलित कि शिल्पी भन्ने हिन्दु, कि इसाई भन्ने कुरा जोडले बहस हुन्छ तर राष्ट्रिय राजनीति मा हाम्रो भुमिका पनि देखिनु पर्छ खोजिनु पर्छ यस बिषयमा हाम्रो ध्यान जान जरुरी छ । स्वास्थ ,शिक्षामा राज्यले लगानी गर्ने र व्यवहारिक वैज्ञानिक र सहज बनाउने भन्दा पनि कसरी निजिकरण गर्न सकिन्छ भन्ने मा नै तल्लीन छ । यसले सबै भन्दा बढी भार गरिब दलित समुदाय लाई नै छ अाज हरेक दलित उपचार नपाऐर मृत्युुको मुखमा पुग्न लाग्दा चन्दा संकलन बाट बाचेका छन ती दलित समुदाय जो गरिब छन उनिहरु लाई बचाउनु उपचार दिनु राज्यको दायित्व होइन ? कति लाई चन्दा उठाउने कति लाई बचाउन सक्छ चन्दाले तर अधिकार वादी पनि राज्यको नीति शीत लडाइँ गर्नु भन्दा चन्दा उठाऐर फेसबुक लाई गरेर हस्तान्तरण गर्न तलिन छन मईले गरे यो मेरो कारणले भयो भनेर अहमता देखाउन बिचार एउटा गरिब लाई बाच्नु कठिन त थियो अझै दुनियाँ सामु लाईभ भिडियो गरेर अझ उसको मनोबल लाई गिराउने कार्य गर्छन त्यो पनि एक प्रकारको शोषण नै हो अधिकार वादीको पछि एक दलित भऐर बाच्न कठिन अझै चन्दा उठाऐर बाचेको मान्छे भनेर अर्को शोषण हुने छ / भऐको छ खरै प्रचारप्रसार मा तलिन मान्छे को लोकपि्रयता हुने अर्को माध्यम पनि हो ? अब गरिब निमुखा मजदुर , किसान कामदारका लागि स्वास्थ सेवा पूर्ण निशुल्क हुनु पर्छ भन्ने दलित आन्दोलनको राज्य शीत लडाइँ , संघर्ष हुनु पर्छ स्वास्थ क्षेत्रलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्नू को साटो कसरी आफु ठुलो अलि बढी प्रचारमुखी लोकपि्रय हुन सकिन्छ भनेर लाग्ने अधिकार वादी पनि सतहमा बढी देखिने गरेको अवस्था छ । यर्थाथ आलोचना गर्नु पनि एउटा वैकल्पिक बाटो हो भन्ने ठहर छ ।
झन अहिले को वर्तमान कम्युनिस्टकै शक्तिशाली सरकार छ अहिले देशमा । तर दलित समुदायको अवस्था विकराल छ मान्य ज्युले नै कुटाइ खाऐको खबर हरु डिजिटल मिडिया ,छापा मिडियामा आऐका छन ।विगतमा तपाईहरुले भनेको समाजवादी राज्य व्यवस्था यस्तै हो कम्युनिस्ट सरकार र कामरेड येहि आशा गरेका जनताले ?
आफुलाई कम्युनिष्ट भन्नेहरुको चांहि सरकार हो तर सैद्धान्तिक रुपमा कम्युनिस्ट पार्टीको सरकार नै हैन । अहिले बनेको सरकारबाट शोषित जनताले अझ दलित समुदाय अधिकारको ग्यारेन्टी हुन्छ हक प्राप्त हुन्छ भन्ने सोच्नु पनि गलत नै हुने छ अब यसका लागि ठोस प्रकारका कार्यक्रमहरु बनाउनु पर्छ ।
नेपालको दलित आन्दोलन शिथिल भएको हो की भन्ने चर्चा छ, दलित समुदायको हितका लागि विभित्र संगठनहरु क्रियाशिल नभएर हो की मुद्धा नै सकिएका होलान् ? भन्ने तर्क पनि बेला बखतमा उठान नभऐको पक्कै होइन तर पनि वैचारिक , सैद्धान्तिक धार बाट मुक्ति को बाटो पूरा हुन सक्छ भन्ने तर्क गर्ने एउटा ठुलो जामत पनि हामी बिच छ भने विभिन्न सामाजिक संजाल बाट अलि बढी प्रचार मुखी भऐको नेतृत्व पंक्ति पनि नभऐको भन्ने पक्कै होइन तर रहयो कुरा हामी अभियान सहयात्री साथीहरू कुन बाट बाट समाता मुलुक समाज स्थापना गर्न सक्छौ भन्ने बाटो को पहिचान गर्नु प्रमुख कार्यभार हुने छ भन्ने पंक्तिमा पनि साथीहरू क्रियाशील छन
अहिले स्पष्ट रुपमा के देखियो भने ? हामी हाम्रो अभियान लाई भुमिगत रुपमा लैजाने अथवा अलि बढी प्रचार मुखी भऐर लैजाने भन्ने निकै चर्को बहस सतह देखिने गरेको स्पष्ट छ
हाम्रो दलित समुदाय पछाडि पारिनु मा मुख्य भुमिका कस्को छ भन्ने कुरा लाई बिषेशत युवा वर्गले गहन अध्यान गर्नु पर्ने वर्तमान जटिलता को बिषय बन्दै छ । कतिपय मित्र हरु यो जात नै परिवर्तन गर्ने कि ? दलित शब्द खारेज गर्ने भन्ने सोचाइ मा नपुगेको भने हुदैन होइन तथापि यो शब्द र जात परिवर्तनले के साच्चिकै समाज रुपान्तरण गर्न सक्छ ? प्रश्न यो पनि जटिल नै छ
यो खुल्ला समाज मा आफ्नो विचार राख्ने अधिकार सबै मा छ सतहमा त्यो पनि देखियो , यो विचार हरु राख्दै गर्दै कतै दलित आन्दोलन वर्गीय आन्दोलन शीत पो जिडिने बिषय त होइन ? भन्ने तर्क पनि आउँछ विशेष कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलन शीत जोडिऐका मित्रहरु बाट उठान हुने गरेको छ
अबको दलित आन्दोलन को कार्य दिशा वर्गीय आन्दोलन संगै संस्कृतिक आन्दोलन को बाटो बाट उठाउनु पर्छ युवा पुस्ता लाई सचेत गराउनु पहिलो दायित्व हुन्छ भन्ने कुरा मा विल्कुल संखा छैन
०६२/०६३ को जनआन्दोलनको सफलता पश्चात दलित आन्दोलन केहि शिथिल भएको पक्कै हो यस्तो किन भयो भने हामीले आन्दोलनमा साथ दिएका पार्टी नै सत्ताको बागडोर समाल्न पुगे र तिनिहरुले दलित समुदायको काम गर्छन भन्ने विश्वास थियो । तर त्यो हुन सकेन यो समय तमाम नेपाली जनता र दलित समुदायका प्रति पर्ख र हेर भन्ने नीति लागु भयो । अझै कति समय लाग्ने कुनै सिमा नै छैन ०६२ अगाडि, पछाडि समय संक्रमणकालिन समय पनि रह्रयो । जसको कारण आन्दोलन समग्र दलित आन्दोलन शिथिल भयो । तर हाम्रा मुद्धाहरु सकिएकै छैन । न यहाँ रोजगारीको समानता छ नत शैक्षिक समानता छ र न शिक्षा प्रणाली नै व्यावहारिक छ नत वैज्ञानिक र निशुल्क नै छ । जवसम्म समाजमा विभेद रहन्छ, असमानता रहन्छ र राष्ट्रयता कमजोर हुन्छ तव सम्म हाम्रा आन्दोलन सकिदैनन् । के कुरा सत्य हो भने कहिले आन्दोलन व्यापक रुपमा उठ्ने गर्छ, कहिले मन्द ।
श्याम नेपाली हिमाल