बेलबारी, २४ कार्तिक । आसन्न प्रदेश तथा सङ्घीय निर्वाचन अपाङ्गमैत्री हुनुपर्नेमा सरोकारवालाको जोड रहेको छ । आज बेलबारीमा नेत्रहीन युवा सङ्घ नेपालले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो धारणा सार्वजनिक गरेको हो ।                              

बेलबारी ३ मा रहेको मोरङ नेत्रहिन सङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेत्रहिन युवा सङ्घ नेपालका अध्यक्ष दुर्गानाथ योगीले निर्वाचन अपाङ्गमैत्री बनाउन आफूहरुले सरोकारवाला निकायहरूसँग छलफल तथा ध्यानाकर्ष गराइरहेको बताए । उनले नेपालमा निर्वाचन अपाङ्गमैत्री नभएको, मतदाता शिक्षा भरपर्दो नभएको, अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर मतदाता शिक्षा सञ्चालन नभएको बताए । उनले अपाङ्गमैत्री निर्वाचनका लागि अपाङ्गमैत्री मतदान केन्द्र, यातायातको व्यवस्था, निर्वाचनमा साङ्केतिक चिह्नहरुको प्रयोग आदिमा ख्याल पुर्याइनु पर्नेमा जोड दिएका छन् । 

नेत्रहिन युवा सङ्घ नेपालका अध्यक्ष योगीले दस जिल्लमा १०/१० जना गरेर १०० अपाङ्गता भएका व्यक्तिहरू पर्यवेक्षकको रुपमा खटिरहेको पनि अध्यक्ष योगीले जानकारी दिएका छन् ।

dfghdgd

मोरङ नेत्रहीन सङ्घकी वर्तमान अध्यक्ष सीता बराइलीले मतदाता शिक्षामा जोड दिनुपर्ने, अरुलाई भन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई यस्तो शिक्षाको खाँचो रहेको बताइन् ।

नेत्रहीन सङ्घ निवर्तमान अध्यक्ष शावित्रा कोइरालाले राज्यले अपाङ्गता भए व्यक्ति तथा संस्थालाई उपेक्षा गरिरहेको भन्दै दुःख व्यक्त गरिन् । नगरबाट हुने विभिन्न गतिविधिमा आफूहरूको सहभागिता हुन नसकेको निवर्तमान अध्यक्ष कोइरालाको भनाइ रहेको छ ।  

पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष भोजराज भूजेल लगायतको उपस्थिति रहेको थियो ।