विराटनगर  प्रदेश १ मा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले दोस्रौ शैक्षिक सत्रको भर्ना आवेदन खुला गरेको छ । 


मोरङको बुढीगंगा गाउँपालिका – ४ हात्तिमुढामा केन्द्रिय कार्यालय रहेको  मनमोहन प्राविधिक विश्वविद्यालयले दोस्रो शैक्षिक सत्रका लागि  बी.ई इन सिभिल इन्जिनियरिङ्ग र बीइ इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङ्गमा भर्ना खुलेको हो । 

देशकै पहिलो प्राविधिक विश्वविद्यालयले दलित , महिला र सिमान्कृत विद्यार्थीहरुका लागि समेट  कोटा राखेर दोस्रो शैक्षिक सत्रका लागि भर्ना आवेदन खुला गरेको उपकुलपति डा सुभाषश्री पोखरेलले बताए । 

   

स्नातक तहको बिईइन सिभिल ईन्जिनियरिङ र बिईइन ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईन्जिनियरिङ दोस्रो शैक्षिक सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुले यही ३० कार्तिक सम्म प्रत्यक्ष वा अनलाइन मार्फत आवेदन गर्न पाउनेछन ।   

ईन्जिनियरिङ संकायका डिन डा प्रचण्डमान प्रधानका अनुसार   दोस्रो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार बर्षे ईन्जिनियरिङ बिषयमा सिभिलतर्फ ४८  जना र ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सतर्फ २४ जना बिद्यार्थीहरुले प्रवेश परिक्षमा उत्तीर्ण भएर  भर्ना हुनपाउनेछन ।   

भर्नाका लागि प्रबेश परीक्षाका लागि आबेदन खुल्ला भएको र  देश बिदेशका ईच्छुक बिद्यार्थीले आवेदन गर्न थालिसकेको डिन प्रधानले बताए ।  

स्नातक तहको ईन्जिनियरिङ संकायमा रेल्बे र पानी जहाज, भौतिक पुर्बाधार निर्माणदेखी स्वदेशी उद्योगहरुलाई आवश्यक पर्ने सुहाउँदो जनशक्ति उत्पादन गराउने विभिन्न बिषयमा पठनपाठन गराउने छ ।स्नातक तहको ईन्जिनियरिङ बिषय पठनपाठनका लागि मनमोहनले आधुनिक ल्याब सहित सबै भौतिक पुर्वाधार र आवश्यक जनशक्ति तयार गरेर गतबर्षदेखी गुणस्तरिय पठनपाठन गराउन थालेको हो । 

रजिष्ट्रार दिननाथ फुँयालका अनुसार स्नातक तहको चार बर्षे सिभिल ईन्जिनियरिङ कोर्ष पढन साधारण नेपाली बिद्यार्थीले ५ लाख ८५ हजार, विदेशी बिद्यार्थीले ८ लाख ७७ हजार ५सय  र प्रयोजित बिद्यार्थीका लागि ७ लाख ३१ हजार २५० रुपैया शुल्क निर्धारण गरिएको छ । भर्ना भएका बिद्यार्थीले पछि फिर्ता हुनेगरि प्रयोगशाला र स्कुल वापत १० हजार रुपैया धरौटी राख्नुपर्ने छ । 


विश्वविद्यालयले भावी दशवर्षे कार्ययोजना बनाएको छ । पहिलो पाँच वर्ष योजना अन्तर्गत आर्थिक वर्ष २०७८ देखि २०८२ सम्ममा विभिन्न प्राविधिक विषयका ७ वटा स्नातक र पाँच वटा स्नातकोत्तर विवषयहरु संचालन गर्ने लक्ष्य रहेको छ । दश वर्षमा स्नताक, स्नातककोत्तर र विद्यावारधी गरी २८ वटा विभिन्न विषयाहरु संचालन गर्ने लक्ष्य लिएको छ । सबै कार्यक्रमहरु संचालन भएपछि स्कुलमा २ हजार ८ सय ३१ जना विद्यार्थी लभान्वित हुने विश्वविद्यालयले जनाएको छ । 

mtu

मेडिकल तर्फको शैक्षिक सत्र  आगमी आर्थिक वर्षबाट 

स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्र्गतको स्नातक तहको मेडिकल फार्मेशी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रम आगमी आर्थिक वर्षदेखि सुरू गर्ने भएको छ । आगमी आर्थिक वर्ष २०७९÷०८० बाट मेडिकलतर्फ पठनपाठन गराउन स्नातक तहको पाठयक्रम निर्माण गरेर काउसिन्सलबाट स्विकृत पनि गराइसकेको उपकुलपति पोखरेलले जानकारी दिए । 

विश्व विद्यालयले संचालन गर्ने कोर्षको लागि छुट्टै करिकोलम बनाउने उनले बताए । विश्वविद्यालयले उत्पादन र समृद्धीसँग जोडेर करिकोलमहरू बनाउने उनले बताए । ‘मेडिकल फार्मेशीको कक्षाहरु संचालनमा आएपछि विश्वविद्यालयले मेडिसियन प्लान्टको लागि उत्पादन गर्नसक्ने दक्षजनशिक्ती उत्पादन गर्ने योजना रहेको छ,’ उनले भने ।



प्रदेश १ सरकारले कानुन निर्माण गरेर २०७६सालमा स्थापना गरेको  देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक बिषयमा स्नातक तहदेखी पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ । उपकुलपति पोखरेलका अनुसार आगामी  पाँच  बर्ष भित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ । उनका अनुसार एमटियूले क्रमश आईटी, पारामेडिकल , पब्लिक हेल्थ, फार्मेसी , ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड मेनेजमेन्ट लगायतका बिषयमा २८ सय बढी बिद्यार्थीहरुलाई स्नातकदेखी स्नातोकोत्तर तहसम्म  पठनपाठन गराउने छ ।