बालदिवसको अवसरमा बेलबारी नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागितामा बेलबारी ऐनप्यावसनको आयोजनामा सम्पन्न बालमैत्री नगरपालिका निर्माणमा विद्यार्थी र नागरिकको भुमिका भन्ने शीर्षकमा शिक्षा सन्देश इ. स्कुलमा अध्ययनरत छात्रा दिक्षा कार्की प्रथम भएकी छिन् । उक्त प्रतिस्पर्धामा नगरपालिका भित्रका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । छात्रा दिक्षा कार्की यस नगरभित्र सम्पन्न भएका विभिन्न वक्तिृत्वकला प्रतियोगितामा पटकपटक प्रथम हुँदै आएकी हुन् । शिक्षा सन्देश इ. स्कुल विगतका वर्षहरुमा समेत पढाइको अतिरिक्त गायन, नृत्य, वक्तृत्वकला जस्ता विभिन्न शैक्षिक प्रतिस्पर्धामा अब्बल स्थान हासिल गर्दै आइरहेको र यस वर्ष प्यावसन तथा एनप्यावसन र राष्ट्रिय पति रनिङ शिल्डद्धारा आयोजित कार्यक्रमहरुमा समेत उल्लेखनिय उपलब्धि हासिल गर्दैै शिक्षा सन्देशलाई प्रतिस्पर्धात्मक आधुनिक शैक्षिक बजारमा उत्कृष्ट विद्यालयको रुपमा हेरिएको छ । शिक्षालाई कक्षाकोठाको वातावरणको सिमित घेराबाट बाहिर निकाली बालबालिकाहरुको बहुप्रतिभा र सर्वाङ्गिण विकासका निम्ति विद्यालयको वातावरण गुणस्तरिय हुन आवश्यक छ भनि विद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए साथै बालदिवसको अवसरमा विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यनी सम्बन्धी जनचेतना कक्षा ८, ९ र १० का विद्यार्थीहरुका निम्ति ध्वनी प्रदुषण न्युनीकरणका निम्ति ट्राफिक कार्यालय बेलबारीलाई ज्ञापनपत्र कक्षा ५, ६ र ७ का विद्यार्थीहरुलाई इटहरी मा अवस्थित निःसहाय बाल आश्रमका बालबालिका तथा सञ्चालकहरुसँग अन्तरक्रिया तथा सहयोग, र सम्मान साथै विभिन्न कक्षाका विद्यार्थीहरुको सहभागितामा वृक्षरोपण, हस्तलेखन प्रतिस्पर्धा तथा स्काउट गठन कार्यक्रम सम्पन्न भयो भनी विद्यालयका काउन्सिलर भुपाल बस्नेतले जानकारी दिनुभयो । उक्त कार्यक्रममा विद्यार्थीहरुको उल्लासमय सहभागिता रहेको थियो ।