विराटनगर  बेलायतको WOLVERHAMPTON विश्वविद्यालयको सहकार्यमा संचालित विराटनगर इन्टरनेसनल कलेजमा "एक्सपीरियान्स फेयर" आयोजना भएको छ  ।

कलेजमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा कलेजका नयाँ भर्ना भएका बिद्यार्थीले आफ्नो २ महिने प्रि-युनिभर्सिटी कक्षा पश्च्यात बिभिन्न बिजनेस सामग्री तयार पारेर अवलोकनकर्ताहरुलाई आफ्नो आइडिया प्रस्तुत गरेका थिए । काठमाण्डौ स्थित आइएनजी स्किल एकेडेमीको सहकार्यमा उक्त कोर्ष संचालन गरिएको थियो ।

बिद्यार्थीहरुले आफ्नो बिजनेस आइडियामा नेपाली ढाकाको स्टल, तराइमा लोकप्रिय खानेकुरा बगियाको स्टल लगायतका स्टल प्रस्तुत गरेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।

bicaaaa

कार्यक्रममा बिद्यार्थीहरुले अन्य बिभिन्न बिजनेस स्टलका साथै बिभिन्न मनोरञ्जनका कार्यक्रम पनि संचालन गरेका थिए । कलेजमा  इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका बिद्यार्थी, तिनका अभिभावक, सामाजिक व्यक्तित्व लगायतको कार्यक्रममा उपस्तिथी रहेको थियो  ।

बिराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।