विराटनगर | विराटनगरस्थित आर्या न्यूरो अस्पतालका एक जना विरामीको ‘एन्युरिज्म ’ को सफल शल्यक्रिया भएको छ ।सिरहाको सुखिपुर नगरपालिका १० का ५६ वर्षीय महेश्वर यादवको मतिष्क भित्रको नशा फुटेर हुने एन्युरिज्मको आर्या न्यूरो अस्पतालमा सफल शल्यक्रिया भएको हो ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टीमले टाउको भित्र मतिष्कको नशा फुटेर रगत छरपष्ट हुने एन्युरिज्म को सफल शल्यक्रिया गरे । विराटनगरको विभिन्न अस्पताल गएका यादवको उपचार नभएपछि साउन ८ गते आर्या न्यूरो हस्पिटल आएका थिए । अस्पताल आएका दिन डा. नेपालसहितको टिमले एन्युरिज्मको शल्यक्रिया गरी यादवको सफल उपचार गरेको हो ।
‘मतिष्कमा सप्लाइ भएको रगतको नशाको फुलो फुटेको थियो । यो रगतको नशाको फुलो फुटेपछि मतिष्कभरी रगत छरिने गर्दछ । प्राय जस्तो यस्ता विरामीको चाँडै उपचार नहुदा मृत्यु हुन्छ । यस्ता विरामीको उपचार रिक्स हुने गर्दछ,’ डा. नेपालले भने, ‘ मतिष्क भित्रको रगतको नशा फुटेपछि चाँडै विरामी हस्पिटल आउनुपर्दछ । त्यस्ता विरामीको शल्यक्रिया गरि उपचार गर्नुपर्ने हुन्छ ।’ मधुमेह कन्ट्रोल नहुने र बढी मदिरा सेवन गर्ने विरामीलाई यस्तो समस्या आउने गरेको उनले बताए ।
एन्युरिज्मको सफल उपचार भएपछि दुई साता बढी हस्पिटल बसेपछि उनी डिस्चार्ज भए । आज फलोअपमा यादव आर्या न्यूरो हस्पिटल आउँदा निकै हर्षिद देखिन्थे । हस्पिटलका चिकित्सक सफल उपचार पछि पुनःजन्म दिएको यादवले बताए ।
उपचार संलग्न चिकत्सकप्रति कृतज्ञ भएको उनले बताए । ‘बुवालाई बचाउन आर्या न्यूरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दिनम् । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरु प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बावालाई बचाउनुभयो । अहिले हिडडुल गर्न सक्ने हुनुभएको छ । बुवाले नयाँ जीवन पाउनुभएको छ,’ छोरा रामतोपेश्वर यादवले भने ।यस अघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरुको पनि सफल गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गर्न थालेको हो । यसरी एक पछि अर्को जटिल प्रकृतिका विरामीको सफल उपचार गरि पूर्वाञ्चलमै कम खर्चमा गुणस्तरीय उपचार हुने भरपर्दो अस्पतालको रुपमा स्थापित हुदै आएको देखिन्छ ।
Souce khabarpurwanchal