बेलबारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज एक कार्यक्रम वीच स्वास्थ्यकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरुलाई नसर्ने रोगको एक दिने अभिमूखिकरण तालिम बेलबारी नगरपालिकाको बेतान साथ हलमा सम्पन्न गरेको छ ।
बेलबारी नगरपालिका का स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले २०७४ साल देखि २०७९ साउन सम्ममा नसर्ने रोगको संख्या ५३३ जना छन् जस्मा क्यान्सर २२३ मुटुरोग १७९, मृगौला ७९ र स्पाइनल इन्जुरी ५२ रोग देखा परेको र उक्त रोगका लागि बेलबारी नगरपालिकाले क्यान्सर रोगलाई ५५ लाख ७५ हजार, मुटु रोगलाई ४४ लाख ७५ हजार र स्पाइनल इन्जुरी लाई १३ लाख खर्च गरेको छ र त्यस्तै एक महिनामा हेड इन्जुरी १, मृगौला रोग २, मुटु २ र क्यान्सर १३ जनाको सिफारिस गरेको र २०७९ साउन महिनामै क्यान्सर रोग बढी देखिएको प्रमुख सन्तोष विश्वकर्माले बताउनु भयो ।
चिनि रोग भएपछि रक्त नली सानो हुनाले हृदयघात हुने र रोग लाग्न नदिन खानपान र शारिरीक व्याम गर्नु पर्ने आजको कार्यक्रमको प्रशिक्षक डा. लक्ष्मण ठाकुरले बताउनु भयो ।
अर्का प्रशिक्षक डा. अस्मिता रायमाझीको जोड् छन् तेस्रा स्टेज को क्यान्सरमा पुगिसके पछि डा. कोमा आउने गरेको पाइएको छ क्यान्सर रोग देखिने भनेको छाला, रगत, पाठेघर, फोक्सो, स्तनमा डा। रायमाझी बताउनु भयो ।
कार्यक्रमा बेलबारी नगर प्रमुख दिल प्रसाद राइले हाम्रो घरको भान्सानै पहिले अस्पताल हो र हामीले खानपानमा विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रमा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्की, बेलबारी नगरपालिकाका शिक्षा तथा खेलकुद प्रमुख भूपेन्द्र कोइराला र वडा अध्यक्षहरु र सञ्चारकर्मीहरु, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।