इटहरीः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा प्रदेश नम्बर एक कमिटी सदस्य डा.खगेन्द्र ओली पार्टीको प्रदेश १ को स्वास्थ्य विभाग प्रमुखमा चयन भएका छन् । माओवादी राजनीतिबाट उदाएका ओली केही समयअघि मात्र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । गत वैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पार्टीको तर्फबाट इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को  वडाअध्यक्षमा समेत सिफारिस भएका ओलीले पछि दलीय भागवण्डाका कारण टिकट पाएका थिएनन् । तथापि कम्युनिस्ट विचारधारामा समाहित ओलीको राजनीतिक चेतलाई सम्मान गर्दै पार्टीले स्वास्य विभाग प्रमुखको जिम्मेवादी दिएको बताइएको छ । 


इटहरीमा रहेको इन्खा एकीकृत अस्पतालका अध्यक्षसमेत रहेका ओली मेडिकल ल्याबोरेटरी एसोसियसन अफ नेपाल (मेलान) का सुनसरी अध्यक्षसमेत हुन् । खगेन्द्र प्रगतिशील होमियोप्याथिक चिकित्सक फोरमका संघीय अध्यक्ष, निःसहाय बालबालिका सेवा आश्रम केन्द्र इटहरी ४ का सञ्चालक सदस्य , लायन्स क्लब अफ इटहरी एक्टिभका डाइरेक्टर तथा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सुनसरीका सहसचिवसमेत छन् । सामाजिक सेवामा रुची राख्ने ओली नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत हुन् ।