उदयपुर  उदयपुरको बेलका नगरपालिका–८ स्थित डुम्री बोटे- लाहुरे खोज_ भन्ने स्थानबाट सप्तकोसी नदी बस्तीतिर पसेको छ। २ सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाँध फुटाएर बस्तीमा प्रवेश गरेको हो। बाढी रोक्न नगरपालिकाको तर्फबाट प्रयास भए पनि कोसीमा पानीको बहाव बढेसँगै आएको बाढीले नियन्त्रणकोलागि निर्माण गरेको बाँधलाई फुटाए पछि बेलका नगरपालिकाका दर्जनौँ बस्ती, हजारौँ परिबार जोखिममा परेका छन् । स्थानीयवासीका अनुसार २०४५ सालदेखि कोसी पूर्वतिरबाट बग्न थालेपछि पश्चिमतर्फ बस्ती बसेको थियो। तर, बुधबार कोसी नदीले कटान गरेर पश्चिमतर्फ बग्न थालेपछि स्थानीयले बस्ती नै छाडेर हिँड्न सुरु गरेका छन्।

k02
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार अहिले बेलकाका करिब २० हजार स्थानिय डुबानको जोखिममा छन् । डुबानको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लैजान थालिएको उनले बताए । डुम्रीबोटे लाहुरे खोजबाट पसेको कोसीको बाढीले सिसौलीघाट, धौरी टप्पु, चिलिमे, एबीसी, श्रीलङ्का टापु, भागलपुर, रामनगरका स्थानीय प्रभावित भएको मेयर कार्कीले जानकारी दिए ।

कोसीको बाढी पस्दा बेलकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, गरैया, तपेश्वरी लगायतका बस्ती र छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप र वराहक्षेत्र नगरपालिकामा समेत क्षति पुग्ने खतरा छ।  जोखिममा परेका गाउँका स्थानीयहरू सुरक्षित स्थानको खोजी गर्दै आफ्नो घरमा लत्ताकपडा, चौपायाहरू लिएर निस्किएका छन् । प्रभावित स्थानीयहरूलाई सुरक्षित गराउन नगरपालिका लागिपरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले बताएका छन् ।k03

सप्तकोसी नदिले केहि दिनबाट दैनिक करिव  करिव ३ देखि ५ मिटरसम्म कटान गरिरहेको थियो । उता उदयरपुरको बेलाका नगरपालिकाका विभिन्न वडा भने डुबान कायमै रहेकोले मानिसहरूलाई उद्धारको काम भइरहेको बताइएको छ। डुबान क्षेत्रमा टायरको ट्युब, मोटर बोटको सहायताले उद्धार गरिरहेको बताइएको छ।  बेलाका दुई हजार घरका करिब २० हजार स्थानीय जोखिममा छन्।