खडक नगरपालिकाले संचालनमा लयाएकाे  जेस्ठनागरिक चेकजाँच कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जेठ २३ गतेदेखि वडा न १ देखि सुरु गरेकाे जेस्ठनागरिक चेकजाँच शिविरमा नगरपालिकावाट एमबिबिएस डाक्टर ,ल्याव,प्रेसर,ताैल चेकजाँच गरि आवश्यक सुझाव दिनेगरेकाे छ । जेस्ठनागरिककाे स्वास्थ जिवनयापन गर्ने उदेश्यले नगरपालिकावाट वडा वडाकाे स्वास्थ  चाैककिमा शिवर सुरु गरेकाे खडक नगरपालिकाका मेयर जयप्रकाश चाैधरीले जानकारी दिए । वडामा बिसेसज्ञ सहितकाे टाेलि गएपछि हाम्रो नगरपालिकामा जेस्ठ नागरिकको अवस्था बारे प्रस्टरुपमा जानकारी रहने भएकोले याे कार्यक्रम लयाएका हाैं मेयर चाैधरीले  जानकारी दिए ।

  खडक नगरपालिकाले संचालनमा लयाएकाे निशुल्क चेकजाँच तथा उपचार शिविरमा डाइविटिज,रगतअलपता,प्रेसर,कमजोरी,हाडजोर्नी ,अनिन्द्रा जस्ता समयया आउने गरेकाे शिविरमा खटिएका ल्याव असिस्टेन्ट विद्या चाैधरीले जानकारी दिए । नगरपालिका जेस्ठ नागरिक चेकजाँच र उपचारमा खटिदा सेवामा   संतुष्ट मिलेको बताए । हाम्रो नगरपालिका जेस्ठ नागरिकमा प्रेसर,डाइविटिज,रगतकाे कमि,जस्ता समस्या बढि रहेकाले निशुल्क शिविरमा गरिएको उपचारवाट उनिहरु संतुष्ट मिलेको उनले जानकारी दिए । हालसम्म वडा न १ देखि ११ सम्म गरिएको चेकजाँच र उपचार  शिविर रहेपनि वडा न २ र ६ बाँकी रहेकाे छ । हालसम्म १५ सय जेस्ठ नागरिकको चेकजाँच गरि उपचार गरिसकेको चाैधरीले जानकारी दिए ।received_710433920255608