टिँकु कुमार साह राजबिराज 

अधारभुत ( राष्ट्रिय प्राथमिक ) विद्यालय खडक नगरपालिका वडा ११ लालपुरमा ४ काेठे पक्की भवन निर्माण हुने भएको छ ।  

   विद्यालयमा कक्षाकाेठाकाे समस्या  भाेगदै आएकाे समस्या समाधान भएपछि स्थानीय खुसि दङ्ग  भएको हाे । गरिव,दलित बालबालिका अध्यनरत उक्त विद्यालयमा भवन निर्माणकार्यकाे भुमिपुजन खडक नगरपालिकाका उपमेयर रिता कुमारी चाैधरीले गरे । भुमि पुजापाठ गरेपछि उपमेयर विद्यालयकाे पठनपाठनमा सहज हुने जानकारी दिए । विद्यालयमा पर्याप्त कक्षाकोठा नहुदा ,एउटै कक्षाकोठामा दुईवटा कक्षा राखेर अध्यापक गराउर्नुपर्ने बाध्यता अब समाधान हुने विस्वास सहायक प्रधानअध्यापक रामेश्वर साह गुप्ताले  व्यक्त गरे । उनले भने लामाे समयकाे अन्ताल पछि राष्ट्रियपति विद्यालय सुधार याेजना अन्तरगत ४ काेठे भवन बनाउने भएपछि विद्यालय परिवार खुसि छ । म लामो समयदेखि विद्यालयमा काम गरेकाे छु , हाम्रो विद्यालयकाे समस्या भवन,बाउणडरीबाल,शैक्षिक सामागिरी,डेकसबेन्चकाे समस्या छ , यसतर्फ उपमेयरलाई ध्यानाकर्षण गराए ।

 उक्त ४ काेठे दुईतल्ले भवन निर्माणमा ४२ लाख २२ हजार ७ सय ३७ रुपैयाँको लागतमा तयार गरिने एस्टिमेट रहेकाे उपभोक्त समितिका अध्यक्ष अरुण चाैधरीले जानकारी दिए । छाेटाे समयमा दुईतल्ला भवन बनाउ आफुहरुलाई चुनाैति रहेपनि दिनरात दुई सिपटमा काम गरि सम्पन्न गरिने जानकारी दिए । असार मसान्त नजिक आइसकेको अवस्थामा विद्यालयका काम सुरु भएपछि काम हुने हाे कि हाेइन त्यसमा तपाईहरु चिनता नगर्नु म समयमा सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिनेछु अरुणले भने ।1655049948253

  भुमिपुजन कार्यक्रममा खडक नगरपालिका वडा न ११ का अध्यक्ष रामकृष्ण चाैधरी,विद्यालयका प्रअ रामकुमार चाैधरी ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनाेद चाैधरी,साईड ईन्जिनियर राधेकृष्ण साह,समाजसेवी बिक्रम राम,सत्य न ठाकुर ,राजदेव राम ,रामकुमार साह,लगायत उपभोक्त समिति र स्थानीय बाँसिनदाकाे सहभागीता थियाे । 

  २०४० सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ६ वटा काेठा रहेकाे छ । कक्षा ५ सम्म पठनपाठन गराउदै आएकाे छ।1655049938485