बेलबारी  ।  स्रस्टा समाज बेलबारी मोरंग को आयोजना मा गर्दै आएको आऊ आऊ पहिचान बनाऊभन्ने मूल नारासहित को सुर सप्तक बेलबारी आइडल ४ २०७९ को सुरु भएको छ । बेलबारी नगरपालिका ले आफ्नो बजेटमा नै बिनियोजन गरेको यो कार्यक्रम २०७९ बैसाख बाटनै प्रचार प्रसारसुरुवात गरि प्रतिस्पर्धी छनोट गरि सकेको छ गत बर्षझैँ यस बर्ष पनि बिबिध उमेर छेत्र समुदाय भूगोल आदि बाट सहभागिता भएको देखिनछ 

८ बर्ष कि बालिका तथा ४० बर्षकी भद्र महिला समेत सहभागी देखिएको छ । आज भएको  दोस्रो चरणको छनोट मा २५ जना प्रतिस्पर्धी प्रि फाइनल को लागि छनोट भएकाछन । 

छनोट भएका  २५ जना  प्रतिस्पर्धीहरु :-

सजित घले गुरुङ अपेक्षा आचार्य सुर्य बिक बिबस खड्का नुयल तामांग विश्वास राइ सुनिस्चित धिमाल दीक्षा बस्नेत रुबिना भुजेल सुजाता अधिकारी रालोन  राइ तिर्सना राइ जेसिका बस्नेत विकास पन्त मौसम नेपाली साजन बराइली प्रविन कार्की बिशाल केसी  प्रसान्त न्यौपाने सिङ्गम लिम्बु  रोहण सुन्दास सिर्जना बस्नेत रेबिका सुन्दास अनुस सुनार र हिमा दाहाल रहेका छन् 

idol

अब को अर्को राउण्ड २०७९ जेष्ठ २८ गते ११ बजे देखि सिर्जना घर बेलबारी मा हुने छ अबको राउण्डको लागि बेलबारीको बासिन्दा जनाउने कागज पत्र बुझाउन बाकि प्रतिस्पर्धीहरुले लिएर आउनु पर्ने छ र अब अर्को राउन्डको लागि प्रतिस्पर्धीले लोक आधुनिक र पप सैलिको तीनवटा गित तयारी गरि आउनु  पर्ने छ 

idol1

प्रि फाइनलमा १० जना छनोट गरि १५ दिने तालिम दिएर असार १८ गते फाइनल हुने छ बिजेता लाइ नगत ३०००० सहित ट्रफी र प्रमाणपत्र सह बिजेतालाई १५००० सहित ट्रफी र प्रमाणपत्र र उप बिजेता लाइ १०००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ