बेलबारी २०७९ जेष्ठ  १७ । बेलबारी  नगरपालिका वडा न ११ मा रहेको स्वास्थ चौकि अवलोकन तथा निरिक्षण  गरिएको छ  ।बेलबारी नगरपालिका का मेयर दिल प्रसाद राइ उपमेयर नितु थापा कोइराला तथा नगर कार्यपालिका सदस्यहरु को उपस्थितिमा अवलोकन तथा निरिक्षण  गरेको छ ।

bel111

मानिसलाई अति आवस्यक पर्ने कुराहरुमध्ये स्वास्थ सेवा एक हो, जुन अनिवार्य  छ। निशुल्क र सहजै प्रदान गरिने सेवा, जसले समुदायमा रहेका हरेक जनताहरुको बिश्वास जित्दै निस्वार्थ सेवा प्रदान गर्नु आवश्यक  छ। सामुदायिक स्वास्थ्य क्षेत्रहरुप्रतिको दृतिकोण परिवर्तन गर्दै प्रभावकारि स्वास्थ्य सेवाको प्रवन्ध गर्नु जरुरी छ। जसलाई निरन्तर अनुगमन र निरिक्षण गर्दै थप सेवा प्रदान गर्ने लक्ष्यका साथ बेलबारी न। पा। नव निर्वाचित नगर प्रमुख आदरणीय ब्यक्तित्व डि पि राई ज्यु  नगर उप(प्रमुख नितु थापा कोईराला ज्यु, नगर कार्यपालिका सदस्य ज्युहरु लगायत जनप्रतिनिधि ज्युहरुको उपस्थितिमा आज बेलबारी न। पा। वार्ड न। ११ अन्तरगत स्वास्थ चौकि अवलोकन तथा निरिक्षण गरियो।बेलबारी नगरपालिका वडा न ११ का वडा अध्यक्ष  बिक्रम वान्तवा राई को भनाइ छ ।