बेलबारी २०७९ जेष्ठ १६ । कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । बेलबारी नगरपालिका मा रहेको सात सामुदायिक बिद्यालय र तिन सस्था गत बिद्यालय गरि जम्मा १०९२ जना१०९२ जना बिद्यार्थीले ३ परिक्षा केन्द्रमा परिक्षा दिदै छन् ।
लक्ष्मी उ मा बिका प्राचार्य गोबिन्द भण्डारीका अनुसार परिक्षाको व्यवस्थापन परिक्षाका लागि सहज बाताबरण प्रति बेन्चमा दुइ जना अलग अलग बिद्यालयका बिद्यार्थी राखी पच्चिस देखि तिस जना बिद्यार्थी बराबर एक जना निरीक्षक राखेका छौ । आइतबार निरीक्षकहरुलाइ ओरेन्टेसन दिइ परिक्षालाइ मर्यादित तरिका ले संचालन गर्ने बाताबरण गरेका छौ ।
दुइ बर्ष कोबिदले गर्दा बिद्यार्थीहरु हाम्रो नम्समा रही परिक्षा संचालन गरेका थियौ आगामी स्नातककक्षा कोबिद्को बेलामा बिद्यार्थीहरु परिक्षा दिदा अलि अलि समस्या त हुन्छ नै प्राचार्य भण्डारी बताउनु हुन्छ ।
कक्षा १२को परीक्षा एक न प्रदेसमा ७१८ बिद्यालयबाट ७०३६० बिद्यार्थी सहभागी भएकाछन भने राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने छन् ।
बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।