काठमाडौँ  । सरकारले ५५ अर्ब ५७ करोड रुपैयाँ  कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  ५५ अर्ब ५७ करोड बजेट पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि विनियोजन गरेको जानकारी दिए ।

१० अर्ब ४८ करोड रुपैयाँले  कृषि बजेट आर्थिक बर्ष २०७८/७९ को तुलनामा बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कृषि तथा पशुपन्छीतर्फ ४५ अर्ब ९ करोड रकम विनियोजन भएको थियो ।