आज बसेको शिक्षा मन्त्रालयको  बैठकले  सातामा दुई दिन विद्यालय बिदा दिने भएको छ  । शनिबार र आइतबार विद्यालयमा पनि सार्वजनिक बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

बैठकले १ जेठबाट लागू हुने गरी हरेक साता शनिबार र आइतबार देशभरका विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।यसअघि शनिबार मात्र विद्यालय बिदा दिने सरकारी नियम थियो । शुक्रबार आधा दिन मात्र विद्यालय चलाउने व्यवस्था थियो ।

सरकारले हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा, पर्व बिदाहरु कटौती गरी अधिकतम ३० दिनमात्र बिदाको व्यवस्था गरेको छ । यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदाको व्यवस्था थियो । अब हरेक वर्ष २० दिन बिदा कटौती गरिएको छ ।